तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टाईनबाट भागेका १ जना नियन्त्रणमा

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा प्रहरी सहितको सुरक्षा कर्मी सहितको हेल्थ डेस्क सञ्चालन गरेको छ ।

काभ्रेको सिमाना ढाडखोला र काठमाण्डुसँगको सिमाना भोटेचौर र छाप भञ्ज्याङमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो । ती नाका हुँदै धेरै नै आवतजावत हुने भएपछि नगरपालिकाले स्वास्थ्य जाँच पछि मात्रै नगर प्रवेश गराउने मेलम्ची नगरपालिकाका स्वास्थ्य शाखाका सहईन्चार्ज ज्ञानेन्द्र घोरासैनीले जानकारी दिनुभयो ।

त्यही बाटो हुँदै मेलम्ची खानेपानीको सुन्दरीजल साईटमा वालुवा गिटि लगायत सामाग्री ढुवानी हुने भएपछि स्थानीयको माग बमोजिम सुरक्षाको लागि पनि डेस्क सञ्चालनमा ल्याईएको नगरपालिकाले जनाएको छ ।

यसैबीच हिजो मेलम्ची क्षेत्रीय क्वारेन्टाईनबाट भागेका मेलम्ची १३ का १ जनालाई आज घरबाटै नियन्त्रणमा लिई पुनः क्वारेन्टाईनमा राखिएको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो ।

भोलीबाट सिसि क्यामेरका साथै सुरक्षाका सामाग्री जडान गरिने पनि नेपालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button