कोभिड–१९ संक्रमणबाट विश्वभर १ लाख ५५ हजार बढीको मृत्यु

काठमाडौं । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअुनसार विश्वभार कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ७ सय ८९ नाघेको छ भने संक्रमितको संख्या २२ लाख ६१ हजार बढेको छ । विश्वभर ५ लाख ७७ हजार मानिस उपचारपछि निको भइ घर फर्किसकेका छन् ।
कोरोना भाइरसको केन्द्रबिन्दु बनेको अमेरिकामा ३७ हजार ७९ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ७ लाख ८ हजार नजिक पुगेको छ ।
इटालीमा २२ हजार ७ सय ४५ जना, स्पेनमा २० हजार ४३ जना र फ्रान्समा १८ हजार ७ सय ३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।







प्रतिक्रिया राख्नुहोस्