तपाईँ सुन्दै हुनुहुन्छः

घरमै बसेर प्रार्थना गर्न साउदी अरबियाको आव्हान

काठमाडौं । कोरोना भाइरसको संक्रमण तिब्र बनेसँगै साउदी अरबियाले रमादान र इदल फितरको प्रार्थना घरमै बसेर गर्न देशमा मुस्लिम दाजुभाइरलाई आव्हान गरेको छ ।

मस्जिदमा जम्मा भएर प्रार्थना गर्दा कोरोना भाइरसको जोखिम उच्च रहेको भन्दै साउदी अरेबियाका धार्मिक परिषद्का प्रमुख शेख अब्लुल्लाजिज अल एल शेखले सम्पूर्ण मुस्लिम धर्मालुहुरुलाई घरमै बसेर रमादान र इदको प्रार्थना गर्न आग्रह गर्नु भएको हो ।

यसैबीच, पपुवा न्यु गिनीका प्रधामन्त्री जेम्स मरापेलाई कोरोना भाइरस पुष्टी भएको छ । प्रधानमन्त्री मरापेले कोरोना संक्रमित व्यक्तिको संक्रमणमा आउनु भएको आशंका गरिएको छ । हाल उहाँ सेल्फ आइसोलेसनमा रहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button