तपाईँ सुन्दै हुनुहुन्छः

ट्रम्पको घोषणाप्रति विश्वका नेताहरुको आलोचना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई दिदै आएको सहयोग रकम रोक्ने घोषणाको विश्वका नेताहरुले आलोचना गर्नु भएको छ ।

कोरोना भाइरसबारे अमेरिकालाई समयमै सूचना नदिएको र चीन केन्द्रित भएको भन्दै डब्ल्युएचओलाई दिदै आएको रकम रोक्ने उद्घोष अमेरिकी राष्ट्रपतिले गर्नुभएपछि उहाँको कदमको विश्वभर आलोचना भएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले अहिलेको महामारीको अवस्था डब्ल्युएचओलाई सहयोग रोक्ने बेला नभएको प्रष्ट पार्नु भएको छ । यस विषपरिस्थितिसँग जुध्न उहाँले अन्तर्राष्ट्रिय समुदाय एक हुनु पर्ने आएको बताउनु भएको छ ।

यसैबीच, युरोपियन युनियनले कोरोना भाइरस महामारीका बीच डब्ल्युएचओलाई सहयोग सकम रोक्ने कदम अन्यायपूर्ण भएको भन्दै ट्रम्पको घोषणालाई ठाडै अस्विकार गरेको छ ।

अमेरिकी मेडिकल असोसिएसनले ट्रम्पले खतरनाक कदम चालेको र उहाँ गलत दिसतर्फ मोडिनु भएको भन्दै यसले कोरोना भाइरसलाई पराजित गर्न झन् कठिन हुने भन्दै आफ्नो निर्णय पुनर्विचार गर्न सुझव दिएको छ ।

न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा अर्डेर्नले डब्ल्युएचओबाट कोरोना भाइरसबारे सल्लाह आइरहेको र डब्ल्युएचओलाई भरोसा गर्नुपर्ने भन्दै न्युजिल्यान्डले निरन्तर सहयोग उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले डब्ल्युएचओमाथि ट्रम्पको आलोचनाप्रति सहानुभूति प्रकट गर्दै डब्ल्युएचओले प्रशान्त क्षेत्रमा प्रशस्त सूचना उपलब्ध गराएको भन्दै अस्ट्रेलियाले डब्ल्युएचओलाई सहयोग नरोक्ने बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button