कोभिड–१९ विपद व्यवस्थापन सेन्टर बझाङद्वारा पाँच सय थान र्यापिट डाइगोनोटिक्स टेष्ट किटको माग
बझाङ । कोभिड–१९ विपद व्यवस्थापन सेन्टर बझाङले जिल्लामा मौजुदा र्यापिट डाइगोनोटिक्स टेष्ट किटको अभाव भएकाले पाँच सय थान उपलव्ध गराउनु प्रदेश सरकारसँग माग गरेको छ ।
जिल्लामा आज बसेको समितिको बैठकले जिल्लामा नयाँ मान्छे आएमा वा खाद्यन्न ढुवानीका गाडीमा काम गर्ने चालक सहचालकहरुको स्वास्थ्य परिक्षण गर्नका लागि अनिवार्य किटको आवस्यक भएकाले यसको उपलव्ध गराउन सुदुरपश्चिम प्रदेश सरकारसँग माग गरेको हो ।
बैठकमा कोरना रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयास देखिएका समस्या र लकडाउन सम्बन्धमा पनि समिक्षा गरिएको थियो ।
लकडाउनलाई थप प्रभाकारी बनाउने सहमती भएको छ । साथै क्वारेन्टाइममा बसेकोहरुलाई पनि थप एक साता घरमा होम क्वारेन्टाइममा बस्ने सहमती गरेर मात्र घर छोड्ने निर्णय भएको पनि प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो ।
उहाँले भन्नुभयो, र्यापिट डाइगोनोटिक्स टेष्ट किटहरु हामीलाई जतिखेर पनि आवस्यक पर्ने भएकाले माग गरेका छाँै ।
लामोसमय लकडाउन भएको हुदाँ यसले गरिब निमुखा सिमान्तकृत ज्याला मजदुरी गरिखाने वर्गहरुलाई खाद्यन्नमा पर्ने समस्यालाई मध्यनजर गरि खाद्यन्न ढुवानीको लागि उद्योग बाणिज्य संघसँग पनि समन्य गर्ने समितिले र्निणय गरेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख जिल्ला समन्वय समितिका प्रमुख र स्वास्थ्य कार्यालयका प्रमुखलगायतको सहभागिता रहेको थियो ।
बझाडमा हालसम्म कोरना भाइरसको शंका भएका सबैको स्वास्थ्य परिक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्