प्रदेश नं १ मा ६४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

विराटनगर – प्रदेश नं १ मा कोरोना भाइरसका शङ्कास्पद बिरामीको मङ्गलबारसम्म गरिएको परीक्षणमा ६४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
थ्रोट स्वाब (पिसिआर)प्रविधिअन्तर्गत ४६ महिलासहित २५१ जनाको परीक्षण गरिएकामध्ये ४० महिलासहित २३९ जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलको सूचना डेस्कले जनाएको छ ।
थ्रोट स्वाब सङकलन गरेकामध्ये १२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
यसैगरी र्यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० अन्तर्गत मङ्गलबारसम्म गरिएको परीक्षणमा ४०२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आरडिटीअन्तर्गत ५६ महिलासहित ४०२ को रगत परीक्षण गरिएको सूचना डेस्कले जनाएको छ ।
प्रदेशमा रहेको क्वारेन्टाइनमा आजसम्म बस्नेको सङ्ख्या ५३८ जना भएको छ । त्रिपन्न जना घर फर्केका छन् । रासस






प्रतिक्रिया राख्नुहोस्