बराह ग्रुपद्वारा कोरोना राहत कोषमा १९ लाख सहयोग

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका बराह गु्रपद्वारा कोरोना राहत कोषमा १९ लाख हस्तान्तरण ।
बराह ग्रुपले नेपाल सरकारलाई कोरोना राहत तथा कोरोना रोग संक्रमण रोकथाम नियन्त्रणका लागि १९ लाख रुपैया सहयोग गरेको छ ।
बराह ग्रुप अन्तर्गत सञ्चालित २५ वटै भगिनि संस्थाका कर्मचारीको तर्फबाट स्वइच्छाले रकम संकलन गरेर सरकारलाई हस्तान्तरण गरेको बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछानेले जानकारी दिनुभयो ।
उहाँले धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारीलाई संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभयो ।
बराहले धरान उपमहानगरपालिकालाई सात लाख ६० हजार र ११ लाख ४० हजार रुपैँया नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरेको हो ।






प्रतिक्रिया राख्नुहोस्