तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ : प्रदेश नं.१ मा ६७० को रिपोर्ट नेगेटिभ

विराटनगर  – प्रदेश नं.  १ मा कोरोना भाइरसका शङ्कास्पद विरामीको परीक्षणमा  सोमबारसम्ममा ६७० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

थ्रोट स्वाब नमूना सङ्कलन गरिएका २३३ जनाको नमूनामध्ये पिसिआर मेशिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३५७ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी)रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना डेस्कका अनुसार थ्रोट स्वाबअन्तर्गत  ३८ महिला सहित २३३ जना नमूना सङ्कलन गरिएकामा २० जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रदेशमा रहेको ४ हजार ४११ वेडको क्वारेन्टाइनमा ४९ महिलासहित ५७२ जना राखिएको छ भने ४४६ वटा आइसोलेशन बेडमा चार महिलासहित १० जना भर्ना गरिएको छ।

प्रदेशमा सङ्क्रमितको उपचारका लागि तयारी अवस्थामा  ४४ वटा आईसियु वेडको व्यवस्था गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।     क्वारेन्टाइनमा रहेका मध्ये आजसम्म पाँच  महिलासहित ५४ जना घर फर्केका छन् भने होम क्वारेन्टाइनमा  ६१२ महिलासहित ३ हजार ५ सय ५७ जना छन् ।

प्रदेश सोमबारसम्म ६५४ थान व्यक्तिगत सुरक्षा उपकरण ९पिपीई० वितरण गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button