लकडाउनलाई प्रभावकारी बनाउन मुख्यमन्त्री पौडेलको निर्देशन
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसको संक्रमण फैलने जोखिम बढ्दै गएकाले प्रदेशका सुरक्षा प्रमुखहरुलाई लकडाउनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ ।
आज प्रदेश सरकारका उच्च अधिकारी र सुरक्षा प्रमुखहरुसंगको छलफलमा मुख्यमन्त्री पौडेलले प्रदेश राजधानी तथा प्रदेशका १३ वटै जिल्लामा लकडाउन अझ व्यवस्थित र प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । उहाँले एक पालिकाबाट अर्को पालिका आउजाउ गर्न नदिने निर्णयको पूर्ण रुपमा कार्यान्वयन गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिनुभयो ।
मुख्यमन्त्री पौडेलले काठमाडौँ लगायत देशका विभिन्न क्षेत्रबाट आफ्नो घर पुग्न पैदल हिँडेका व्यक्तिहरुको उचित व्यवस्थापन कसरी गर्ने भन्नेमा गम्भीर हुनु पर्ने अवस्था आएको बताउनु भयो ।
छलफलमा प्रदेशका प्रमुख सचिव तोयम रायले कृषि उपजलाई किसानबाट बजारसम्म पुर्याउन स्थानीय तहले भूमिका खेल्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्