तपाईँ सुन्दै हुनुहुन्छः

राजदूतहरुको एक महिनाको तलब कोरोना उपचार कोषमा

काठमाडौं । मध्यपूर्व तथा खाडी देशमा खटिएका नौ नेपाली राजदूतले आफ्नो एक महिना बापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्नुहुने भएको छ ।

इजराइल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र बहराइन, साउदी अरब र युएईका नेपाली राजदूतले आफ्नो एक महिना बापतको तलब सरकारले स्थापना गरेको उपचार कोषमा जम्मा गर्ने निणर्य गरेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button