१६६ स्वास्थ्यकर्मी नियुक्त गर्दै वाग्मती प्रदेश सरकार
काठमाडौं । वाग्मती प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहित १ सय ६६ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न ३६ पदमा स्वास्थ्यकर्मी नियुक्त गर्न लागेको हो ।
प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा व्यवस्थापन गर्ने गरी करारमा कर्मचारी भर्ना गर्न लागेको मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्