झापामा ब्राउनसुगरसहित दुई जना पक्राउ

झापा । प्रहरीले झापामा लागऔषध ब्राउनसुगरसहित दुई जनालाई शनिबार पक्राउ गरेको छ ।
झापाको मेचीनगर १० को भित्री सडकखण्डमा बेलुका ९ बजे मे११प २५८५ नम्बरको मोटरसाइकलमा आएका यात्रुलाई चेकजाँच गर्ने क्रममा उनीहरुबाट ७ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकलमा सवार इलाम माई २ का ४३ बर्षीय कमल श्रेष्ठ र सूर्योदय नगरपालिका २ का २८ बर्षीय सन्दीप राईलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्