सुमी फर्मास्युटिकलद्वारा १० हजार लिटर सेनिटाइजर सरकारलाई हस्तान्तरण

काठमाडौँ । नेपालको औषधि उत्पादक सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ ।
सुमी कम्पनीका प्रोपाइटार तथा सांसद कर्मा घलेले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हिजो १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गर्नुभएको हो ।
सरकारलाई हस्तान्तरित सेनिटाइजर करिव एक करोड रुपियाँ मूल्य बरावरको रहेको छ ।
हस्तान्तरित सामग्री बुझँदै मन्त्री ढकालले प्राप्त सेनिटाइजर संघीय सरकार मातहतका अस्पतालमा तीन हजार लिटर र सातै प्रदेशमा एक हजार लिटरका दरले बितरण गरिने जानकारी दिनुभयो ।
उहाँले सेनिटाइजर अभाव भइरहेको वेला उपलब्ध गराएर सरकारलाई सहयोग गरेकोमा सुमी कम्पनीलाई धन्यवाद दिनुभयो ।
कम्पनीका प्रोपाइटार समेत रहेका सांसद घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई सेनिटाइजर उपलव्ध गराएको बताउनुभयो ।
औषधी व्यवस्था विभागबाट उत्पादन शुरु गर्ने अनुमति पाएपछि फर्मास्युटिकलले गत सोमबारबाट नवलपुरस्थित कारखानाबाट सेनिटाइजर उत्पादन शुरु गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्