कोरोना परीक्षणको दायरा फराकिलो बनाउँदै लैजाने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायरा फराकिलो बनाउदै लैजाने क्रममा हालसम्म दुई हजार आठ सय ९५ वटा नमुना परिक्षण भएको जनाएको छ ।
मन्त्रालयले काठमाडौं उपत्यकामा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २३ सय ८२ वटा र उपत्यका बाहीर पाँच सय १३ वटा नमुना परीक्षण भएको जनाएको छ ।
आज आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एक सय ९३ वटा नमुना परीक्षणको क्रममा रहेको र आज साँझसम्म तीन हजार नमुना परीक्षण सम्पन्न हुने जानकारी दिनुुभयो ।
अहिले काठमाडौं उपत्यकामा १८ जना र उपत्यका बाहिर ९९ जना गरी एक सय १७ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको तथा सात हजार नौ सय ४० जना व्यक्ति मुलुकका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइमा रहेका छन प्रवक्ता डा.देवकोटाले जानकारी दिनुुभयो ।
डा. देवकोटाले कोरोना क्वारेन्टाइनमा रहेको व्यक्तिको परीक्षणका लागि प्रत्येक प्रदेशमा पाँच हजारका दरले ¥यापिड डायग्नोष्टिक टेस्ट पठाउनुुुका साथै बागलुुङ, म्याग्दी र पर्वतमा स्वास्थ्यकर्मीहरुलाई आरडिटी सम्बन्धी तालिम प्रदान गरीएको जानकारी दिनुुभयो ।
स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्लामा चारसय नमुना संकलन गर्ने लक्ष्यका साथ आजदेखि डडेलधुरा र बैतडीमा स्वाबको नमुना संकलन कार्य शूूरु भएको जनाएको छ ।
काठमाडौं उपत्यका सहित १० स्थानमा कोरोना परिक्षण भइरहेको र बिराटनगर, जनकपुर,पाटन, बुटवलमा पिसीआर मेसिनबाट परीक्षण गर्ने व्ययवस्था मिलाउन जडानका लागि टोली खटाइसकेको जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्