स्वाथ्यकर्मीलाई २४ सै घण्टा काममा
मेलम्ची । सुनकोशी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई २४ सै घण्टा काममा खटाइएको छ ।
गाउँपालिकामा कोरोना संक्रमण (कोभिड १९)सँग मिल्दो–जुल्दो लक्षण ज्वरो र रुघाखोकीका बिरामी बढेपछि स्वास्थ्यकर्मीलाई यस्तो ड्यूटीको व्यवस्था मिलाइएको हो ।
दैनिक १२ सय भत्ता दिएर स्वास्थ्य कर्मीलाई २४सै घण्टा काममा खटाइएको हो ।
गाउँपालिकाका अध्यक्ष श्रवण जिसीका अनुसार यस्ता स्वाथ्यकर्मीलाई प्रोत्साहन स्वरुप दैनिक १२ सय रुपैंया अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ ।
गाउँपालिकामा ७ वटै वडामा स्वास्थ्य चौकीमा काम गरिरहेका छन् । केही वडामा २ वटा स्वास्थ्यचौकी छ । गाउँपालिकाभर १० वटा स्वास्थ्य चौकी छन् भने ३५ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।
प्रत्येक स्वास्थ्य चौकीमा हेल्थ असिष्टेन्ट, अहेव र अन्य दुई जना सहायक कर्मचारी रहेको गाउँपालिकाका अध्यक्ष जिसीले जानकारी दिनुभयो ।
दरबन्दी अनुसार सबै स्वास्थ्य चौकीमा कर्मचारी पर्याप्त छैनन् ।
त्यसैगरी गाउँपालिकाले साविक गाविस र वडामा कार्यरत स्वास्थ्य स्वयंसेविकालाई जनचेतनाका लागि खटाइएको छ । उनीहरुलाई माक्स, सेनिटाइजर, साबुनसहितका सामान लिएर गाउँ पठाइएको उहाँले बताउनुभयो । उनीहरुलाई पनि दैनिक १२ सय भत्ताको व्यवस्था गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्