तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ४२ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ

बाँके ।  बाँकेमा अहिलेसम्म  ४२ जनाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

‘थ्रोट स्वाव’ परिक्षणका लागि विभिन्न अस्पताल र क्वारेन्टाइनबाट अहिलेसम्म ५४ जनाको ‘थ्रोट स्वाव’  संकलन गरेर पठाइएकोमा ४२ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

चैत २३ गते २३ जनाको ‘थ्रोट स्वाव’ को नमुना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । जसमध्ये ११ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

यसअघि काठमाण्डौमा गरिएको परिक्षणबाट ३१ जनाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button