उद्योग परिसंघद्वारा मुख्यमन्त्री पोखरेललाई राहत हस्तान्तरण
भुवनप्रसाद आचार्य । नेपाल उद्योग परिसंघले शुक्रवार पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई राहत सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।
नेपाल उद्योग परिसंघ प्रदेश नं ५ का संयोजक एजाज आलमले राहत सामाग्री मुख्यमन्त्री पोखरेलललाई हस्तान्तरण गर्नु भएको परिसंघले जनाएको छ ।
त्यस्तै आजै परिसंघका अध्यक्ष सतिशकुमार मोर तथा उपाध्यक्ष शुलभ अग्रवालले ललीतपुर महानगर पालिका वडा नं १२ का वडा अध्यक्ष नारायण अवालेलाई समेत राहत सामाग्री हस्तान्तरण गर्नु भएको जनाएको छ ।
ती दुवै स्थानमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका एक एक हजार थान प्याकेटहरु हस्तान्तरण गरिएको हो ।
नेपालका सवै प्रदेश लगायत काठमाडौ, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा राहत सामाग्रीहरु उपलब्ध गराउने पनि परिसंघले विज्ञप्ती मार्फत जनाएको छ ।
परिसंघले विषम परिस्थितीमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत आग्रह गरेको छ ।
कारखाना तथा उद्योग संचालनमा सहजता ल्याउन त्यहाँ काम गर्ने मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज वातावरण मिलाउन पनि परिसंघले सदस्य प्रतिष्ठानहरुलाई अपिल समेत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्