तपाईँ सुन्दै हुनुहुन्छः

उपप्रधानमन्त्री पोखरेलबाट सिसिएमसी सञ्चालनस्थलको अवलोकन

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि छाउनीमा स्थापित सङ्कट व्यवस्थान केन्द्र (सिसिएमसी) सञ्चालनस्थलको आज अवलोकन गरी कार्य प्रगतिबारे जानकारी लिनुभएको छ ।

त्यस अवसरमा उहाँले रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यमा सम्बद्ध सबैले मेहनत र इमान्दारितापूर्वक योगदान पुर्याउन निर्देशन दिनुभएको थियो ।

कार्यक्रममा प्रधान सेनापति, प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button