तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा कोरोना संक्रमित थपिएपछि पर्वत सतर्क

पर्वत । कोरोना संक्रमणबाट बागलुङमा दोस्रो संक्रमित थपिएपछि छिमेकी जिल्ला पर्वतमा लकडाउनमा कडाई गरिने भएको छ ।

दुरीको हिसावले नजिकै रहेको गाउँमा रहेको हुनाले आवातजावत पूर्ण रुपमा रोक्ने र पर्वतमा विगत भन्दा मानिसहरुको हिँडडुललाई कडाई गर्न थालिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी दिएको छ ।

अहिलेपनि पर्वतमा  लकडाउन भएपनि वेवास्ता गर्दै मानिसहरु सडकमा हिँडिरहेक  भेटिन्छन् । ग्रामीण क्षेत्रमा लकडाउनको प्रभाव न्यून देखिन्छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बागलुङ जिल्लामा संक्रमित थपिए पछि पर्वत सतर्क हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।

नागरिकहरुलाई घरभित्रै बस्न अनुरोध गरिएको बताउँदै नमाने कर्फयु लगाउने स्थिती आउने बताउनुभएको छ ।

चैत ११ गतेदेखि हुँदै आएको नियमित लकडाउनलाई अझै व्यवस्थित र कडाईका साथ लागु गर्ने जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । त्यस्तै पर्वत अस्पतालले सामान्य ज्वरो आएपनि तुरुन्त अस्पतालमा स्वास्थ्य जाँचका लागि आउन आग्रह गरेको छ । पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शिशिर देवकोटाले विहिबारका दिन एकजना पनि विरामी ज्वरो जाँच्न अस्पतालमा नआएको बताउँदै आफ्नो स्वास्थ्य प्रति सचेत र सजग रहन सवैलाई आग्रह गर्नुभयो । उहाँले समयमा नै स्वास्थ्य जाँच गराएमा जस्तो सुकै संक्रमणबाट पनि बच्न सकिने बताउनुभयो ।
पर्वतमा हालसम्म ३ सय ५४ क्वारेण्टिन बेड तयार भएका छन् भने ५ जना मात्रै क्वारेण्टाइनमा भर्ना भएका छन् । आइसोलेसनमा भर्ना भएका ४ जना विरामी मध्ये स्वाब परिक्षणका क्रममा ४ जनाकै नेगेटिभ आएपछि घर फर्केर होम क्वारेण्टिनमा बसेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button