एम्बुलेन्सको ठक्करबाट सुनसरीमा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इनरुवा नगरपनालिका ६ मा एम्बुलेन्सको ठक्करबाट स्वास्थ्य कर्मीको ज्यान गएको छ ।
पश्चिमबाट पुर्व तिर आउँदै गरेको को१च ९६०५ नम्वरको एम्बुलेन्सको ठककरबाट सोही ठाउँकी वडा कार्यलयको स्वास्थ्य शाखामा कार्यरत ३५ बर्षीया रत्ना श्रेष्ठको ज्यान गएको हो ।
ठक्करबाट गंभिर घाइते श्रेष्ठलाइ उपचारका लागि बिराटनगरस्थित न्ुयरो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको सुनसरी प्रहरीले जनाएको छ ।
ठक्कर दिने एम्बुलेन्सका चालक मोरङको सुन्दरहरैचाका ४० बर्षीय चन्द्र राइलाई नियन्त्रणमा लिइ थप अनुसनधान भइरहेको जिल्ला प्रहरीकार्यालय सुनसरीका प्रबतmा बिनोद शमाले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्