साना किसान विकास लघुवित्त वित्तीय संस्थाद्वारा १० लाख सहयोग
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ले सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट १० लाख रुपैयाँ सहयोग रकम जम्मा गराएको बैंकले जनाएको छ ।
बैकले नेपालमा पनि कोरोना संक्रमित भेटिइसकेको अवस्थामा त्यसको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेका निर्देशन र आव्हानहरुलाई राम्रोसंग पालना गरी सुरक्षित रहन पनि सबैलाई अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्