दैनिक गुजारा चलाउन नसक्ने तनहुँवासीलाई सांसद श्रेष्ठले सहयोग गर्ने
तनहुँ -नेपाल लकडाउनको समयमा दैनिक गुजारा टार्न समस्या पर्ने आफ्नो निर्वाचन क्षेत्रका जनतालाई तनहुँका सांसदले सहयोग गर्ने हुनुभएको छ ।
तनहुँ क्षेत्र १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले सार्वजनिक अपिलमार्फत सो जानकारी गराउनुभएको छ ।
उहाँले लकडाउनको अवस्थामा दैनिक ज्यालादारी काम गरेर खाने तथा विपन्न जनतालाई दैनिकी चलाउने समस्या भएमा आफूलाई फोन र सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न आफ्नो र सहयोगीको नम्बरसमेत दिनुभएको छ ।
‘यस्तो परिस्थितिमा म भौतिक रुपमा तपाईंहरु समक्ष आउन नसके पनि दैनिक जीवन गुजारा गर्न समस्या हुनेहरुले सम्पर्क गर्नुहोला र म सहयोगको व्यवस्था गर्नेछु ।’ सांसद श्रेष्ठले भन्नुभयो ’देशको अवस्था सामान्य भइसकेपछि म तपाईंहरुको अवस्था बुझ्न घरघरमै आउनेछु ।’
उहाँले तनहुँका जनताले आफूलाई अभिभावक सम्झेर समस्याको बारे जानकारी गराएमा तत्काल सहयोग गर्ने बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्