बाँस तेर्साएर आवातजावत रोक
पर्वत-पर्वतमा लकडाउनको बेला मानिसहरु घरवाहिर निस्कन थालेपछि प्रहरीलाई हम्मे परेको छ । सडकमा सवारीसाधान देखि पैदल हिँडेर सर्वसाधारणहरु बजारमा डुल्न छोडेका छैनन् । प्रहरीले छेक्दाछेक्दै अटेर गरि बजारमा मानिसहरु घुम्न नरोकिएपछि प्रहरीले सडकमा बाँस तेर्साएर आवागमन रोक्न बाध्य भएको छ ।
पोखरा बागलुङ राजमार्गमा प्रहरीले दुई तिर टेको राखेर बाँस तेर्साईएको छ । प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै मानिसहरुको घुमघामलाई कडाई गरिएको जानकारी दिनुभयो । राजमार्गमा पास लिएर आएका सवारीलाई चेकजाँच गराएर पठाईएको तर पास नलिई सवारी चलाएकालाई कारवाहि गरिएको उहाँले बताउनुभयो । बिनाकाम बजारमा डुल्नेलाई रोक्न चोक चोकमा प्रहरी परिचालन गरिएको अर्यालले जानकारी दिनुभयो ।
बागलुङमा कोरोना संक्रमण देखिएपछि पर्वतमा सतर्कता थप बढेको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बागलुङ जिल्लामा आवातजावत नगर्न अनुरोध गरिएको बताउनुभयो । उहाँले अटेर गर्नेलाई तुरुन्त कारवाहि गर्न निर्देशन दिईएको बताउनुभयो । लकडाउन उलघंन गर्ने निकै कम रहेको र ३ जनालाई कारवाहि गरिएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ । तीन जनालाई कारवाहि गरेपछि लकडाउन प्रभावकारी भएको प्रसासनको दाबी छ ।
जिल्लामा भारत सहित तेस्रो मुलुकबाट आएका करिव ३ सय जनालाई क्वारेण्टाईनमा राखेर निगरानी गरिएको छ । स्थानीय सरकारले चैत १ देखि गाउँ फर्किएकाहरुको लगत संकलन गरि प्रसासनमा बुझाएका छन् । क्वारेण्टाईनमा बसेकाहरुमा कुनै लक्षण देखिए चिकित्सकको सम्पर्कमा ल्याउन भनिएको छ ।








प्रतिक्रिया राख्नुहोस्