तपाईँ सुन्दै हुनुहुन्छः

ज्यालादारी मजदुरलाई खाद्यान्न उपलब्ध गराईने

अर्घाखाँची-अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगर भित्र ज्यालादारी रुपमा काम गरी बिहान–बेलुका खाना जुटाउने मजदुरलाई खाद्यान्न उपलब्ध गराउने भएको छ ।

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले नगर भित्र कसैलाई भोकै मर्न नदिने बताए । नेपाल सरकारले लकडाउन गरेका बेला न्युन आय भएका श्रमिकहरुलाई भोकै नराख्ने उनको भनाई छ ।

नगर भित्रका निमुखा, गरिब तथा श्रमिक वर्गको पहिचान गर्ने काम भएको भन्दै उनले आपतकालिन अवस्थामा कसैलाई खाद्यान्नको कमी हुन नदिने बताए । अत्यावश्यक खाद्यान्न चामल, दाल, नुन, तेल र आलु उपलब्ध गराईने प्रमुख भुसालको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button