तपाईँ सुन्दै हुनुहुन्छः

‘आइतबारसम्म पिपिई लगायतका सामाग्रीको आपूर्ति हुन्छ’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्सी आईतबार सम्मा कोरोनाको परीक्षण उपचारका लागि स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) तथा अन्य सामग्रीको पर्याप्त आपूर्ती हुने जनाएको छ ।

कोरोना प्रकोपको निराकरणका लागि भैईरहेका प्रयासहरूबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङ्का अवसरमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सी आईतबार सम्म आवश्यक उपकरणहरू आईपुग्ने जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाले हाल मौज्दात रहेका उपकरणहरूको अधिकतम सदुपयोग गर्न र परीक्षणको दायरा बढाउन स्वास्थ्यकर्मीहरूलाई आग्रह समेत गर्नुभयो ।
आवाज…..
प्रवक्ता देबकोटाले कोरोना भाईरस संक्रमणको आशङ्कामा हाल सम्म ८ सय २ जनाको नमूना परीक्षण र तिन जना बाहेक अन्य सबैको नमूनामा संक्रमण नभेटिएको जानकारी दिनुभयो ।

उहाँले पछिल्लोपटक कोरोना संक्रमणको पुष्टि भएका दुबैको अहिले टेकु अस्पतालको आईसोलेसन वार्डमा उपचार भैरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार कोरोना संक्रमणको आशङ्कमा अहिले उपत्यकाको टेकु अस्पतालमा ४ जना पाटन अस्पतालमा ६ जना र कान्ती अस्पतालमा ३ जनालाई आईसोलेनस वार्डमा राखिएको छ भने उनीहरूको परीक्षणको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button