विदेशबाट फर्किएका १२ जना क्वारेन्टाइनमा
नेपालगन्ज-बाँकेको नेपालगञ्ज र खजुरामा विदेशबाट फर्किएका १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा रहेको क्वारेन्टाइनमा ८ जना भर्ना भएका छन् भने खजुरा गाउँपालिकाको वडा नम्बर १ स्थित मैटहवा माविका बनाइएको क्वारेन्टाइनमा ४ जनालाई राखिएको छ ।
कतार, मलेलिया लगायतका खाडी मुलुकहरुबाट आएका ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राखी उनीहरुको नमुना परिक्षणका लागि काठमाण्डौ पठाइएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले बताउनुभयो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका १, बैजनाथ गाउँपालिकाका १, जानकी गाँउपालिकाका ३, खजुराका ६ र बर्दिया बढैयाताल गाउँपालिकाका १ जनालाई स्वास्थ्य परिक्षणका लागि क्वारेन्टाइनमा राखिएको हो ।








प्रतिक्रिया राख्नुहोस्