तपाईँ सुन्दै हुनुहुन्छः

रामेछापमा १७ जनालाई क्वारेन्टाइनमा राखियो

रामेछाप – नेपाल बाहिरबाट आएका रामेछाप जिल्लाका विभिन्न स्थानीय तहका १७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । बुधबारबाट क्वारेन्टाईनमा राखिएको हो ।
यसरी क्वारेन्टाइनमा राखिएका हरुमा दोरम्बा गाउँपालिकाका ३ जना, गोकुलगंगा गाउँपालिकाका ६ जना, मन्थली नगरपालिकाका ४ जना र खाँडादेवी गाउँपालिकाका ४ जना रहेको जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले जानकारी दिनुभयो । जिल्लाको कोरोना फोकल पर्सनका रुपमा तोकिएका डा. आचार्यले दोहा, फ्रान्स, कतार र भारतबाट आएकाहरुलाई निगरानी तथा उच्च सर्तकतामा राख्नका लागि क्वारेन्टाइनमा राखिएको बताउनुभयो ।

चैत्र ४ गतेपछि दोहाबाट नेपाल भित्रिएका दोरम्बा गाउँपालिकाका १ जना सहित उनका परिवारका ३ जना लाइ, फ्रान्सबाट नेपाल भित्रिएका गोकुलगंगा गाउँपालिकाका १ सहित उनका परिवारका ६ जनालाई , भारतबाट भित्रिएका खाँडादेवी गाउँपालिकाका ४ जना र भारतबाटै भित्रिएका मन्थली नगरपालिकाका ३ जना तथा कतराबाट भित्रिएका मन्थली नगरपालिका १ जना लाई स्थानिय निकाय हरु संगको समेत समन्वयमा क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

क्वारेन्टाईनमा राखिएका मध्ये खाँडादेवी गाउँपालिकाका ४ जनालाई भने गाउँपालिकाले संचालनमा ल्याएको क्वारेन्टाइनमा राखिएको छ भने बाँकि रहेका हरु भने आफ्नै घरमा वसेका छन् । उनिहरु कसैसंग भेट्न नपाउने गरी स्व क्वारेन्टाइनमा बसेका हुन् । क्वारेन्टाइनमा राखिएका हरु कसैलाई पनि रोगको संक्रमण तथा लक्षण भने नदेखिएको पनि जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button