जहाजमा रहेका बाँकेका चार जनाको खोजी सुरु

बाँके । फ्रान्सबाट कतारको दोहा हुँदै आएको जहाजमा रहेका बाँकेका चार जनाको खोजी सुरु गरिएको छ ।
यही चैत ४ गते आएको उक्त जहाजमा रहेकी १९ वर्षीया एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बाँकेका चार जनाको पनि खोजी सुरु गरिएको बाँके प्रहरीले जनाएको छ ।
कोरोना संक्रमित किशोरी रहेको जहाजमा रहेका सबैलाई क्वारेन्टाइनमा राख्ने नीति अनुरुप बाँकेमा चार जनाको पनि खोजी भइरहेको हो । बाँके प्रहरीलाई चारैजनाको नाम र नागरिकता नम्बर पठाएर खोजी गर्न पत्र आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उनीहरुको ठेगाना खुलाइएको छैन । ठेगाना नखुलेकाले नागरिकता नम्बर भिडाएर ठेगाना पत्ता लगाउन लागिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्