तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनका कारण इलाम सुनसान , सय मोटरसाइकल नियन्त्रणमा लिई छोडियो

इलाम । कोरोना महामारीबाट बच्न सरकारले आजबाट लागू गरेको लकडाउनका कारण इलाम सुनसान छ ।

सवारी साधन र सर्वसाधारणको उपस्थिति देखिएको छैन । विहान केही सर्वसाधरण मानिसहरु घर बाहिर निस्किए पनि मध्यान्न पछि घरभित्र बसेका हुन । लकडाउनलाई वेवास्ता गरेको भन्दै विहान एक सय मोटरसाइकल नियन्त्रणमा लिई घर फर्किने पुन संचालन नगर्ने सर्तमा फिर्ता दिएको इलामका प्रहरी प्रमुख एसपी हिरा बहादुर पाण्डेले बताउनु भयो ।

यात्रुबाहक सवारी ठप्प छन. भने केही मालबाहक ट्रक चलेका थिए । सर्वसाधरणमा जानकारी नभएकोले पनि धेरै जसोले विहान सवारी साधन चलाईएको बुझिएको छ ।

अत्यावश्यक सेवाका लागि चलेका सवारीसाधनलाई समेत सुरक्षाकर्मीहरुले रोकेर सोधपुछ गरेका छन. । पैदल यात्री तथा मोटर साइकलमा सवार सबैलाई प्रहरीले सम्झाइ बुझाइ नहिड्न सुझाएको छ । लकडाउन पछि १० वटै स्थानियतहका बजारहरु बन्द छन् । बजारमा मानिसहरु हिंडेका छैनन् भने सवारी साधन समेत बन्द छ । लकडाउनलाई पूर्ण रुपमा कार्यानवयन गर्नका लागि सडकमा सुरक्षाकर्मीहरु ब्यापक परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

लकडाउनलाई पुर्णरुपमा पालना गर्न जिल्ला प्रशासन कार्यलय इलामले सर्वसाधरणमा अनुरोध गरेको छ । आदेशको उल्लङघन गर्ने जो कोहीलाई कानुनी कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइद्धारा जारी सुचनामा उल्लेख छ । इलाम जिल्लामा आवागमन गर्ने नागरिकले १४ दिन सम्म होम क्वारेनटाइनमा बनाई बस्न सुचना मार्फत अपिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button