बाँकेमा पनि ‘लकडाउन’को प्रभाव

बाँके । कोरोना भाइरसको संक्रमण रोक्न मुलुकभर गरिएको लकडाउनको प्रभाव बाँकेमा पनि देखिएको छ । नेपालगञ्ज, कोहलपुर र खजुरामा सडक सुनसान छन् । अत्यावश्यक काममा हिंडेको अवस्था बाहेक प्रहरीले सर्वसाधारणलाई रोकिरहेको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरेर जनतालाई बाहिर निस्किन दिइएको छैन । बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जनतालाई सडकमा आउन र जम्मा हुन नदिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्