तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको प्रयासमा पूर्ण साथ दिन उपराष्ट्रपतिको अपिल

फाइल तस्बिर

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा उक्त पारिश्रमिक प्रदान गर्ने हुनुभएको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुुभयो ।

उपराष्ट्रपतिले नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सबै नेपालीमा अपिलसमेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button