अफवाह फैलाउने सामग्री सम्प्रेषण भएमा उजुरी गर्न आग्रह
काठमाडौं । प्रेस काउन्सिल नेपालले कोरोना भाइरसबारे भ्रम र उत्तेजना फैलाने सामग्री प्रकाशन÷प्रसारण नगर्न आमसञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।
काउन्सिल बोर्ड र सचिवालयको संयुक्त बैठकले कोरोना भाइरसबाट अधिकांश देश आक्रान्त बनिरहेका बेला केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला र अनुमानका आधारमा लापरवाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण हुने गरेको पाइएकाले त्यसो नगर्न अनुरोध गरेको हो ।
काउन्सिलले सञ्चारकर्मी र सञ्चारमाध्यमबाट तथ्यहीन सूचना सम्प्रेषण भएमा तत्काल काउन्सिलमा उजूरी गर्न पनि आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्