तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

भोजपुर । मोटरसाइकलको ठक्करबाट भोजपुरमा एक जना वृद्धको मृत्यु भएको छ । भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिमबाट सदरमुकाम आउँदै गरेको को२८प ६३०७ नं को मोटरसाइकलले ठक्कर दिँदा खोटाङ घर भई हाल भोजपुर नगरपालिका वडा नम्वर ६ देउराली बस्दै आउनुका बर्ष ६२ का शरणबहादुर सापकोेटाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मोटरसाइकल चालक रक्विट खड्काले स्थानीय ओढारे खोला नजिक पैदल हिडिरहेका सापकोटालाई शनिबार ठक्कर दिँदा सापकोटा घाइते हुनुभएको थियो ।

उहाँलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएकोमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा बाटोमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताउनुभयो ।

मोटरसाइकल चालक १४ बर्षका नाबालक भएका कारण प्रहरीको निगरानीमा रहने गरी उनलाई परिवारको जिम्मा लगाईएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button