विराटनगर रानी वाहेक साना नाका आजवाट वन्द

विराटनगर । कोरोना भाइरस सक्रमण हुुन नदिन विराटनगर स्थित रानी भन्सार नाका वाहेक भारतसंग सिमा जोडिएका मोरङ जिल्लाका सवै साना नाका आजवाट वन्द गरिएको छ ।
प्रदेश न १ का मुुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा नोभेल कोरोना भाइरस रोकथाम, प्रतिरक्षा तथा उपचार समन्वय उच्चस्तरिय निर्देशन समितिले सो निर्णय गरेको हो ।
यसैगरि समितिले विराटनगर रानी नाका भएर तेश्रो मुुलुुकवाट हुुने आवतजावतलाई पुुर्ण रुपले वन्द गर्ने निर्णय गरेको छ । त्यस्तै वैठकले विराटनगर रानी नाका भएर भारतवाट आउने नेपालीहरुको आवतजावतलाई थप व्यवस्थित गर्ने तथा कडाइका साथ हेल्थ जाचको व्यवस्था गर्ने निर्णय गरेको छ । सो नाकामा नेपाल भारत दुुवैतर्फ हेल्थडेस्क संचालन हुुदै आएका छन ।
कोरोना भाइरस संक्रमित फेला परे त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने तथा संघिय, प्रदेश र स्थानिय सरकारसंग समन्वय र सहकार्य गरि आवश्यक मेडिकल सामाग्री खरिद गर्नेपनि समितिले निर्णय गरेको छ । समितिले अत्यावश्यक काम वाहेक हिलडुुल तथा हाटवजारमा आवतजावत नर्गन सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्