तपाईँ सुन्दै हुनुहुन्छः

विश्वका १ सय ८८ देशमा कोरोना : ३ लाखबढी संक्रमित, २४ घण्टामा १ हजार ६ सय ३८ जनाको मृत्यु (तालिकासहित)

काठमाडौँ ।  सोमबारसम्म कोरोना भाइरसको महामारी १ सय ८८ देशमा पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ६ सय ३८ जनाको ज्यान गएको छ।
आइतबार बिहानसम्म विश्वभर कोरोनाबाट ३ लाख ६ हजार ८ सय ९२ जना संक्रमित भएका छन् । शनिबार मात्रै नयाँ ३१ हजार २ सय ९५ जना संक्रमित थपिएका हुन् ।

विश्व स्वास्थ्य संगठनका अनुशार संक्रमितमध्ये ९ हजार ३ सय ८२ जनाको अवस्था गम्भीर छ भने १ लाख ९९ हजार ६९ जना उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो समय सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण इटलीमा देखिएको छ । शनिबार मात्रै इटलीमा ७ सय ९३ जनाको ज्यान गएको छ भने ४ हजार ८ सय २५ जना संक्रमित भएका छन् ।

शनिबार इटलीसँगै स्पेनमा २८५, अमेरिकामा ६८, इरान १२३, फ्रान्समा ११२, यूकेमा ५६, नेदरल्याण्ड ३०, बेल्जियम ३० र टर्कीमा १२ जनाको ज्यान गएको छ ।

यस्तो छ १ सय८८ देशमा कोरोनाको अवस्था

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button