सल्यान जिल्ला अस्पतालमा २० वटा आइसोलेसन वार्ड निमार्ण

सल्यान । सल्यान जिल्ला अस्पतालमा २० वटा आइसोलेसन वेड निमार्ण गरिएको छ । कोरोना भाईरस संक्रमितको उपचारका लागि अस्पतालमा २० वटा वेड तयारी गरिएको अस्पतालले जनाएको छ ।
विश्वव्यापी रुपमा कोरोनाको त्रास बढी रहदा जिल्ला अस्पतालमा कोरोनाको लक्षण देखिने बिरामी राख्न छुट्टै आइसोलेसन वार्ड निमार्ण गरिएको जिल्ला अस्पताल सल्यानका डा. प्रदिप शर्माले बताउनुभयो ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै अस्पताल भित्र २० जनासम्म रहन सक्ने गरी आइसोलेसन कक्ष निमार्ण गरिएको डा. शर्माको भनाई छ । आइसोलेसन वार्डको व्यवस्था गरिए पनि उपकरण र जनशक्तिको अभाव भएको उहाँले बताउनुभयो ।
डाक्टरलाई संक्रमितको नजिक जानको लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षाका लागि सामाग्रीको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो वार्ड त निमार्ण गरियो यदि डाक्टरलाई संक्रमितलाई चेकजाँच गर्न जानु पर्यो भने डाक्टरहरुले लगाउने (टाउकोदेखि खुट्टासम्म छोप्ने) लुगाको अभाव छ ।








प्रतिक्रिया राख्नुहोस्