कोल्टी बिमानस्थलमा हेल्थ डेस्क स्थापना
बाजुरा । बाजुरा जिल्लाको एक मात्र बिमानस्थल कोल्टी बिमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । कोभिड–१९ अर्थात कोराना भाइरस चेकजाचँका लागि हेल्थ डेस्कको स्थापना गरिएको हो ।
बाजुरा जिल्लाबाट बाहिर जाने र विमानस्थलमा आउने सबै जनाको चेकजाँचका लागि हेल्थ डेस्क स्थापना गरिएको बुढिनन्दा नगरपालिकाका सहायक स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताउनु भएको छ ।
तत्कालका लागि धेरै साम्रगी नभए पनि तापक्रम नाप्ने यन्त्र मात्र भएको र अन्य साम्रगीहरु स्वास्थ्य कार्यालय बाजुराले केही दिनमा उपलब्ध गराउने भएको र त्यसपछि थप प्रभावकारी सेवा बन्ने शाहीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्