तपाईँ सुन्दै हुनुहुन्छः

यूरोपमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो

काठमाडौं । विश्व स्वास्थ संगठनका अनुशार कोरोना भाइरसको संक्रमणबाट यूरोपमा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ ।

योसंगै कोरोना भाइरसको संक्रमणबाट विश्व भर मृत्यु हुनेको संख्या एघार हजार नाघेको छ ।
विश्व स्वास्थ संगठनले इटाली, स्पेन, र जमर्नी लगायतका यूरोपेली मुलुकहरु कोरोना संक्रमणका नयाँ केन्द्रविन्दु बनेको बताएको छ ।

कोरोना भाइरसको सक्रंमणबाट स्पेनमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ भने इरानमा पनि १४ सय पुगेको छ ।

यसैबीच, चीनमा शुक्रबार पनि नयाँ आन्तरिक संक्रमण नदेखिएको चीनको राष्ट्रिय स्वास्थ आयोगले बताएको छ ।

चीनमा विगत तीन दिनदेखि नयाँ आन्तरिक संक्रमण नदेखिए पनि बाहिरबाट आउने संक्रमितको संख्या झनै निरन्तर बढिरहेको बताएको छ ।

शुक्रबार कहाँ कतिको मृत्यु ? (अपडेट)
इटाली– ६२७
स्पेन – २६२
इरान– १४९
फ्रान्स – ७८
अमेरिका– ५४
बेलायत– ३३
नेदरल्यान्ड्स – ३०
जर्मनी – २४
बेल्जियम – १६
स्विजरल्यान्ड – १३
दक्षिण कोरिया – ११
चीन – ७
इन्डोनेसिया – ७
स्विडेन,टर्की – ५र५ जना
डेनमार्क, हंगेरी, पेरु, इक्वेडर – ३–३ जना
पोर्चुगल, अल्जेरिया, युएई – २
ब्राजिल, इराक, ग्रिस – ४
डायमन्ड प्रिन्सेस पानीजहाज – १
इजरायल, मलेसिया, पाकिस्तान, लक्जेम्बर्ग, इजिप्ट, भारत, फिलिपिन्स, ताइवान, सर्बिया, कोस्टारिका, मोरक्को र गाबोन – एक÷एक जना

प्रतिक्रिया राख्नुहोस्

Back to top button