तपाईँ सुन्दै हुनुहुन्छः

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काइने

कोरोना भाईरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हवाई उडान बन्द भएका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीलाई सुरक्षित रूपमा नेपाल फर्काउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज बसेको समितिको बैठकले नेपाल फर्कने क्रममा बीच बाटोमा रहेका वा विभिन्न कारणले अलपत्र परेका नेपालीलाई सम्वन्धीत मन्त्रालय तथा निकायहरू मार्फत सुरक्षित रूपमा नेपाल ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

बैठकले अस्पतालहरूमा आवश्यक औषधि तथा उपकरणहरू उपलब्ध गराई संक्रमणको सङ्का लागेका सबै बिरामीको परीक्षण गर्ने व्यवस्था मिलाउने लागायतका निर्णयहरू गरेको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी बैठकले प्रधानमन्त्री केपि शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनमा समेटिएका कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रण संग सम्वन्धीत प्रावधानहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक प्रवन्ध मिलाउने, आपुर्ती व्यवस्था सहज बनाउन र अत्यावश्यक सेवाको प्रवाहलाई प्रभावित हुन नदिन आवश्यक प्रवन्ध मिलाउने, मानिसहरू जमघट तथा भेलाहरू निरूत्साहित गर्न समितिले यस अगाडि गरेका निर्णयहरू काडाईका साथ लागु गर्ने लगायतका निर्णयहरू गरेको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button