कनेक्ट आइपीएसबाट भुक्तानी गर्दा कुनै शूल्क नलाग्ने
काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार नेपाल क्लियरिङ्ग हाउसले बैंक तथा वित्तिय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उदेश्यका साथ कनेक्ट आइपीएस ई–पेमेण्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत्र मसान्त सम्मका लागी मिनाहा गर्ने व्यवस्था गरेको छ ।
मोबाईल एप्स, वेब, सदस्य बैंकको इन्टर्नेट÷मोबाईल बैंकिङ च्यानल तथा अन्य क्ष्लमष्चभअतरत्भअजलष्अब िसदस्यको च्यानल लगायतबाट कनेक्ट आइपीएस ई–पेमेण्ट मार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने व्यव्सथा गरेको कम्पनीले जनाएको छ ।
बैंक वित्तिय संस्थाहरुमा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तिय कारोबार पनि सहज ढङले सन्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरिएकोले सर्वसाधारणले अन्लाईन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने अपेक्षा कम्पनीले गरेको छ ।
कनेक्ट आइपीएस ई–पेमेण्ट प्रणालीमा एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यसको वेबबाट १० लाख र मोबाईल एप्सबाटरु १ लाख सम्मको प्रति कारोबार रियल टाइममा गर्न सकिन्छ । कनेक्ट आइपीएस को फण्ड ट्रान्स्फर सुविधा विभिन्न बैंक वित्तिय संस्थाको मोबाईल÷इन्टेर्नेट बैंकिङमा पनि उपलब्ध रहेको नेपाल क्लियरिङ्ग हाउसले जनाएको छ ।
त्यसै गरी इसेवाले पनि इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने व्यवस्था गरेको जनाएको छ । इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागी लागु हुने गरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको हो । इसेवामार्फत इसेवा खातामै (पिटुपी ट्रान्स्फर)गर्दा यस अघि नै निशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निशुल्क बनाइएको हो ।
इसेवाका प्रमुखकार्यकारी अधिकृत सुभास सापकोटाले अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएको जानकारी दिनुभयो ।
इसेवा मार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल, भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेको कम्पनीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्