तपाईँ सुन्दै हुनुहुन्छः

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन प्रमाणीकरण

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ ।

उक्त विधेयक सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको राष्ट्रिपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button