१८ वटा आइसोलेशन कक्ष बनाउँदै तामाकोसी अस्पताल
रामेछाप । तामाकोसी अस्पताल मन्थलीले आगामी तीन दिन भित्र १८ वटा आइसोलेशन कक्ष तयार गर्ने भएको छ ।
जिल्ला अस्पताल रामेछाप र जिल्लाका अरु स्वास्थ केन्द्रहरु भन्दा श्रोत र साधनले पनि अगाडि रहेको उक्त अस्पतालले बढ्दो कोरोना भाईरस संक्रमणको हल्लासँगै तयारी स्वरुप छोटो समयमा आफ्नो भवन भित्रै आइसोलेशन कक्ष तयार गर्न लागेको हो ।
सरकारी निर्देशन र तयारीलाई सार्थक बनाउँदै सम्भावित संक्रमणबाट सर्वसाधारणलाई जोगाउने तयारी स्वरुप अस्पतालले सरकारी मापदण्ड भित्र रहेर आईसुलेसन कक्ष तयारी गर्न लागेको अस्पतालका अध्यक्ष गोबिन्द प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार अघिल्लो साता जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अस्पताल भित्र तत्काल आईसुलेसन कक्ष तयार गर्न निर्देशन दिएको र सोही आधारमा अस्पतालले छ वटा आईसुलेसन कक्ष यस अघि नै तयार गरिसकेको छ ।
हालको आईसुलेसन कक्ष अपुग पनि हुन सक्ने अनुभूतिका आधारमा हामीले आफुलाई थप जिम्मेवार बोध गरी तीन दिन भित्र आईसुलेसन कक्ष थप्ने निर्णय गरी आवश्यक प्रकृया अघि बढाई सकेकाछौँ ।
आईसुलेसन कक्षमा सरकारी मापदण्ड अनुसारको बेड, शौचालय उपचार र औषधी कक्ष र स्वास्थ कर्मीहरुले प्रयोग गर्ने माक्स, कपडा लगाएत सबै किसिमको आवश्यक सामाग्रीको ब्यवस्था र समेत मिलाई सकिएको अस्पतालका अध्यक्ष घिमिरेले जानकारीदिनुभयो ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पाँच दिन अघि बसेको सरोकारवालाहरुको बैठकले रामेछाप जिल्ला अस्पताल लगाएतका अन्य तीन वटा अस्पताललाई तत्काल आईसुलेसन कक्ष तयार गर्न निर्देशन दिएको थियो । तर बिहिवारसम्म जिल्ला अस्पताल रामेछापले दुई वटा मात्र आईसुलेसन कक्ष तयार गरि औपचारिकता निभाएको छ ।
१० हजार मास्क र मुलढोकामा सावुन पानीको ब्यवस्था
तीन दन भित्रै आईसुलेसन कक्ष निर्माण गरिसक्ने ब्यवस्थापनमा जुटेको अस्पताल प्रशासनले अस्पताल प्रयोजनका लागि १० हजार थान मास्क ब्यवस्थापनको समेत पुर्व तयारी गरिसकेको छ ।
त्यसैगरी अस्पतालले अस्पतालमा आउने जाने बिरामी र सर्वसाधारणका लागि आफ्नो मुल ढोकामा धाराको ब्यवस्था समेत गरेको छ ।
अस्पताल भित्र आउँदा र बाहिरिदा साबुन पानीले अनिवार्य हात र गोडा धुनै पर्ने ब्यवस्थाको पुर्ण कार्यान्वयनका लागि पनि आवश्यक प्रकृया मिलाई सकिएको पनि अस्पतालले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्