राष्ट्रियसभाको बैठकमा सहभागी सांसदहरूको ज्वरो मापन गरेर मात्रै प्रवेश

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सहभागी सांसदहरूको ज्वरो मापन गरेर मात्रै प्रवेश दिईएको छ । कोरोना भाइरस संक्रमण फैलने सम्भावनालाई न्यूनिकरण गर्न बैठक सञ्चालन हुनु अगाडि सांसदहरूको ज्वारो मापन गरिएको हो ।
बैठकमा साँसदहरूले नेपालमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन देशनै एकतावद्ध भएर लाग्नुपर्नैमा जोड दिनुभएको छ ।
बैठकमा साँसदहरू प्रकाश पन्त, गोपी अछामी, कोमल वली, तुलसा दाहाल लगायतले बजारमा दैनिक उपभोगका बस्तुहरूको कृतिम अभाव हुन नदिन बजार अनुगमनलाई तिव्रता दिनुपर्ने, आयात तथा आपुर्ती व्यवस्थालाई सहज बनाउनुपर्ने, बिदेशमा रहेका नेपालीहरूको सुरक्षा व्यवस्था तथा नेपाल आउन चाहानेलाई सुरक्षित रूपमा घर फकाउने विषयमा सरकारको ध्यानकर्षण गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्