इटालीमा कोरोनाको डरलाग्दो रुप, एकै दिन ४७५ जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरसले पुरा युरोपलाई आतंकित बनाई रहेको छ । कोरोना भाइरस कोभिड-१९ का कारण इटलीमा एकै दिन ४७५ जनाको मृत्यु भएको छ। बुधबार इटलीको लोम्बार्डीमा मात्रै ३ सय १९ जना र अन्य क्षेत्रमा १५६ जना गरी ४७५ जनाको मृत्यु भएको हो। कोरोनाको उद्गम स्थल वुहानमा कोरोना नियन्त्रित अवस्थामा पुगेको बेला विश्वभर भने फैलिने क्रममा रहेको छ ।
बीबीसीका अनुसार इटलीमा ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ। ४ हजार २५ जना उपचार पछि घर फर्किएका छन्। इटलीमा २८ हजार ७ सय १० जना संक्रमित छन्।
त्यस्तै इरानमा बुधबार १४७ जनाले ज्यान गुमाएका छन्। इरानमा हालसम्म ११ सय ३५ जनाले ज्यान गुमाएका छन्। उपचारपछि ५ हजार ७ सय १० जना उपचारपछि घर फर्किएका छन्।








प्रतिक्रिया राख्नुहोस्