तपाईँ सुन्दै हुनुहुन्छः

त्रिवेणी गाउँपालिकाद्वारा मास्क उत्पादन सुरु

सल्यान । जिल्लाको त्रिवेणी गाउँपालिकाले मास्क उत्पादन सुरु गरेको छ । कोरोना भाइरसको सन्त्रासका कारण मास्कको अभाव हुन थालेपछि गाउँपालिकाले मास्क उत्पादन गर्न थालेको हो ।

स्थानीय २० जनालाई सिलाईकटाई तालिम दिएर मास्क उत्पादन सुरु गरेको त्रिवेणाी गाउँपालिकाले जनाएको छ । अहिले दैनिक तीन सय मास्क उत्पादन भईरहेको त्रिवेणी गाउँपालिका उपाध्यक्ष करुणा खड्काले बताउनुभयो ।

यसअघि मास्क उत्पादन नगरे पनि मास्कको अभाव हुन थालेपछि मास्क उत्पादन सुरु गरेको उहाँको भनाई छ । उहाँले भन्नुभया,े विगतका वर्षहरुमा बिभिन्न सिपमुलक तालिम दिईरहेको समयमा यस वर्ष विश्वलाई नै त्रसित बनाई रहेको कोरोना भाइरसबाट बच्न मास्क उत्पादन सम्बन्धि तालिम दिएर उत्पादन गरी रहेका छौं ।

उत्पादन भएको मास्क पहिलो चरणमा गाउँपालिका भित्रका सम्पूर्ण कर्मचारीलाई निःशुल्क वितरण गरिएको र अब गाउँपालिका भित्रका सम्पूर्ण नागरिकलाई वितरण गरिने त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले बताउनुभयो । बजारमा मास्क पाउन निकै मुस्किल हुन थालेपछि गाउँपालिकाको लगानीमा मास्क उत्पादन सुरु गरिएको उहाँको भनाई छ ।

]अहिले कोरोना भाइरसको संक्रणबाट बच्नका लागि भन्दै बालबालिका, युवा, वृद्धवृद्धा सबैले मास्कको प्रयोग गर्न थालेका छन् । फलस्वरुप स्थानीय बजारमा मास्कको माग ह्वात्ते बढेको व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button