तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा भारतसंग जोडिएका छोटीनाकामा आवाजावतमा रोक

धनगढी । भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि कैलालीमा भारतसंग जोडिएका छोटीनाकामा आजदेखि आवागमनमा रोक लगाइएको छ । सिमावर्ती नेपाल–भारतका सुरक्षा अधिकारीको सयुक्त बैठकमा भएको सहमति पछि छोटीनाका भएर आवतजावत गर्नमा रोक लगाइएको हो ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भारतसंग जोडिएका सवै छोटीनाकामा आवतजावतमा रोक लगाइएको बताउनुभयो । उहाले कैलालीको मुख्यनाका त्रिनगर र खक्रौला भने यथावत रुपमा संचालन रहेकोे बताउनुभयो ।

यसैगरी बैठकमा कोरोनाको संक्रमण फैलिन नदिन सिमानाकामा स्थापना गरिएका हेल्थडेस्कलाई प्रभावकारी बनाउदै सिमा सुरक्षा चेकजाचमा थप कडाई गरिने तथा उच्च सतर्कता अपनाउने सहमति भएको उहाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button