तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना जोखिमप्रति विशेष सतर्कताको लागि नेपाली काग्रेसको अपिल

काठमाडौं । कोरोना भाइरस अर्थात कोबिड १९ ले विश्वब्यापी रूपमा महामारीको रुप लिइसकेको स्थितिमा नेपालले अपनाउने सावधानीको लागि नेपाली काग्रेसले सरकारलाई गम्भिर भएर काम गर्न आग्रह गरेको छ ।

आज नेपाली काग्रेसले एक विज्ञप्ती जारी गदै सिमा नाकामा प्रभावकारी र भरपर्दो कडाइ हुन नसक्दा कुनैपनि समय संक्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्त गर्न, संभावित जोखिम सामनाका लागी दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणहरु देखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइनहरु तथा आइसियुसम्मको अभाव हुन नदिन लागि सरकारलाई गम्भीर हुन आग्रह गरेको छ ।

बजारमा खाद्य पदार्थको मूल्यबृद्वी संगै कालोबजारी फस्टाएकोले सम्बन्धित निकायको प्रभावकारी उपस्थितीको लागी समेत आग्रह गरेको छ ।

समग्र निजि क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी आवश्यकता रहेको समेत विज्ञप्तीमा जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button