तपाईँ सुन्दै हुनुहुन्छः

माथिल्लो तामाकोसी आयोजनाको बाँधमा पानी परिक्षण

दोलखा । स्वदेशी लगानीमा निर्माण भएको चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्राविधिक परिक्षण सुरु भएको छ ।

सोमबारबाट आयोजनाको बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट, स्टपलगलगायत अन्य हेडवर्कसका संरचनाहरुको प्राविधिक परिक्षण सुरु गरिएको आयोजनाका प्रवक्ता डाक्ट गणेश न्यौपानेले बताउनुभयो ।

परिक्षणको पहिलो दिन आज बाँधमा चार मिटर पानी राखेर परिक्षण सुरु गरिएको प्रवक्ता डाक्टर न्यौपानेले बताउनुभयो । बाँधको १९७२ मीटरदेखि १९७६ मीटरसम्म पानी राखेर परिक्षण सुरु गरिएको आयोजनाका प्रवक्ता डाक्टर न्यौपानेले बताउनुभयो ।

परिक्षणको काम आवश्यकता अनुसार दुई हप्तासम्म चल्न सक्ने परिक्षणमा संलग्न प्राविधिकहरुले बताउनु भएको छ ।
परिक्षणको क्रममा जलाशय (बाँध) तथा बालुवा थिग्राउने पोखरीमा पानी भरेर बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट, स्टपलग लगायत अन्य हेडवर्कसका संरचनाहरुमा चुहावट हुने नहुने बारेमा हेरिने छ र कतै त्यस्तो समस्या देखियो भने सुधार गरेर पुनः परिक्षण गरिने जनाईएको छ ।

आयोजनाको काम अहिलेसम्म ९९ दशमलब ४ प्रतिशत सकिएको र आगामी असार भित्र एउटा टर्वाईनबाट ७६ मेगावाट परिक्षण उत्पादन गर्ने लक्ष्यका साथ काम भईरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताउनुभयो ।

आयोजनामा ६ वटा टर्वाईन रहेको र प्रत्येक टर्वाईनबाट ७६ मेगावाट विद्युत उत्पादन हुने पनि आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो ।

२०६७ भाद्र १७ गते बाट मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको यस आयोजनामा २०७२ वैशाख महिनामा गएको विनासकारी भूकम्प र त्यसपछिको तराई आन्दोलन तथा लामोसाँघु चरिकोट सडकको स्तरोन्नतिको कारणले निर्माण सम्पन्न हुने अवधीमा विलम्व हुन गएको आयोजना प्रमुख दिनेशजंग राणाले बताउनुभयो । वर्तमान कार्य प्रगतिको आधारमा यस आयोजनाबाट २०७७ को अषाढ मसान्तसम्म परिक्षण उत्पादन सुरु गरिने र कुनै समस्या नभए त्यसले निरन्तरता पाउने आयोजना प्रमुख राणाको भनाई छ ।

दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरमा निमार्णाधिन ४५६ मेगावाटको यो आयोजनाको लागि ब्याज बाहेक ४९ अर्व २९ करोड लागत प्रक्षेपित गरिएको जनाईएको छ ।

३६ अर्बमा निर्माण सम्पन्न हुने भनिएपनि बिभिन्न कारणले आयोजनाको लागत बढेको तर अहिले पनि यो आयोजना नेपालको सबैभन्दा सस्तो आयोजना नै हुने आयोजना प्रमुख राणाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button