सतुंगलबाट ठुलो संख्यामा मास्क बरामद

काठमाडौं– प्रहरीले काठमाडौंको सतुंगलबाट करिब साढे ५ लाख थान सर्जिकल मास्क बरामद गरेको छ।
चन्द्रागिरि नगरपालिका–१० स्थित विष्णुदेवी गोदाममा १ सय ७७ बोरामा लुकाई राखेको अवस्थामा साढे ५ लाख थान मास्क बरामद गरेको थानकोट प्रहरी वृत्तले जनाएको छ।
थानकोट प्रहरी वृत्तका प्रहरी निरीक्षक राजेश शर्माका अनुसार लुकाइछिपाई राखेको उक्त मास्कसहित सुरत गोयल र महेश्वरीलाई नियन्त्रणमा लिइएको छ।








प्रतिक्रिया राख्नुहोस्