प्रदेश प्रहरी प्रमुख मेलम्चीमा, खानेपानी आयोजनाको स्थलगत निरीक्षण

मेलम्ची । वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित प्रमुख किशोरकुमार दाहालले सिन्धुपाल्चोक जिल्लामा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
आयोजनाको काममा कुनै पनि किसिमको सुरक्षा चुनौती हुन नदिने उद्देश्यसहित प्रमुख दाहालले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनसहितको टोली लिएर आयोजनाका कामको आकस्मिक निरीक्षणसगैँ सुरक्षा चुनौतीका बारेमा बुज्नुभएको थियो ।
वागमती प्रदेशको लागुऔषध नियन्त्रण र कोरोना विरुद्ध सचेतना अभियानकै क्रममा आज उहाँले आयोजनाको सुरक्षाका विषयमा आकस्मिक निरीक्षण गर्दै दाहालले सोही अवसरमा सुरक्षा अवस्था र समस्याबारेमा बिशेष चाँसो समेत राख्नुभएको थियो ।
आयोजनाको काम, प्रगती र सुरक्षा अवस्थाका ्विषयमा आयोजनाका ई.शेखर खनालले जानकारी गराउनुभएको थियो । निरीक्षणका क्रममा उहाँले आयोजनाको काममा सुरक्षाको दृष्टिकोणले कुनै असर आउन नदिन निर्देशन दिनुभयो ।
प्रहरी कर्मचारीले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीमा लगनशील, निष्पक्ष र निःस्वार्थ हुनसमेत प्रमुख दाहालले आग्रह गर्नुभयो ।
सो अवसरमा जिल्ला प्रहरी प्रमुख महर्जनले आफुहरुले देशकै महत्पूर्ण आयोजना भएकाले गम्भिरतापूर्वक निगरानीसहित सुरक्षा दिईरहेको जानकारी दिनुभयो ।
यसअघि उहाँले दोलखाको अपर तामाकोशी र सिन्धुपालचोकको मध्यभाटेकोशीको सुरक्षा चुनौतीका विषयमा स्थलगत निरीक्षण गसरसकेको बताउनुभयो ।
सो अवसरमा वागमती प्रदेशका प्रहरी निरीक्षक देवराज काफ्ले, प्रहरी नायब निरीक्षक खड्ग आचार्य लगाएत स्थानीय बुद्धिजिवि एवम् समाजसेवी हरुको उपस्थिति रहेको थियो ।
मेलम्चीमा सिन्धुपाल्चोक प्रहरीको कोरोना भाइरस तथा लागुऔषध विरुद्धको सचेतना अभियान
सिन्धुपाल्चोकमा कोरोना भाइरस तथा लागुऔषध विरुद्धको सचेतना अभियानलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बिशेष रुपमा अगाडी बढाएको छ ।
वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहकार्यमा लागुऔषध तथा कोभिड १९ (नोभेल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाको दुई स्थानमा यसअघि नै सचेतना कार्यक्रम सम्पन्न गरेको प्रहरीले आज मेलम्चीमा बिभिन्न समुदाय तथा जनप्रतिनिधिलाई लक्षित गरि सचेतना कार्यक्रम गरेको हो ।
सचेतना कार्यक्रममा मेलम्ची आसपासका क्षेत्रमा कोरोना भाइरसका बारेमा जानकारी दिइएकाो थियो । भाइरसका लक्षण, सर्ने तरिका र बच्ने उपायसम्बन्धी जानकारी वागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले गराउनुभएको थियो ।
सो अवसरमा जिल्लाका बिभिन्न ठाउँमा प्रहरी समुदायको सहकार्य सचेतना अभियान तीव्र पारेको जानकारी दिदै सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रज्वल महर्जनले हेल्प डेक्सहित कोराना विरुद्ध प्रहरी थप सशक्त रुपमा लागेको स्पष्ट पार्नुभयो ।
सचेतनामूलक कार्यक्रममा विद्यार्थी तथा अभिभावक, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय, व्यापारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रदेश प्रमुख दाहालले प्रहरी र स्थानीय जनताबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रज्वल महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ्ग , मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल लगाएतको उपस्थिति रहेको थियो ।

कोरोना विरुद्ध सिन्धुपाल्चोकमा यात्रु सचेतना अभियान सुरु
सिन्धुपाल्चोकमा कोरोना भाइरसको त्रास हटाउन जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले यात्रु सचेतना अभियान सुरु गरेको छ ।
जिल्लाको वनदेउ नाकाबाट एक समारोहका बीच वागमती प्रदेश कार्यालय हेटौँडाका निमित्त प्रमखु किशोर कुमार दाहाल र कार्यालयका प्रमुख एसपी प्रज्वल महर्जनले संयुक्त रुपमा यात्रु तथा चालकलाई कोरोना बारेमा छोटो जानकारी र सचेतना मुलक पर्चा वितरण गर्नुभएको थियो ।
सो अवसरमा एसपी महर्जनको अगुवाईमा याुत्र सहायता कक्षसहित कोरोना हेल्प डेस्क स्थापना गरेर यात्रु सचेतना अभियान सुरु गरिएको थियो ।
छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाईरस विरुद्धको सचेतना अभियान वागमती प्रदेश प्रहरीको अभियानलाई साथ दिदै यात्रु सचेतना अभियान सुरु गरेको एसपी प्रज्वल महर्जनले बताउनुभयो ।
सवारी चालक र यात्रुहरुलाई पर्चासहित गरिएको सचेतनाले महत्वपूर्ण भूमिका खेल्ने सो अवसरमा बोल्दै वागमती प्रदेश कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले बताउनुभयो ।
प्रमुख दाहालले रेडियो मेलम्चीसँगको कुराकानीमा सर्बसाधारणहरुलाई हात नमिलाउन, खोक्दा तथा हाछ्यौ गर्दा रुमालको प्रयोग गर्न आग्रह गर्नुभयो ।
वागमती प्रदेश प्रहरी कर्यालय हेटौँडाको कोरोना भाईरस विरुद्धको सचेतना अभियान अन्र्तगत चीनसगँ सिमा नाका जोडिएको यस जिल्लाबाट जाने तथा आउने यात्रुलाई वसमा नै चढेर सचेतना मुलुक पर्चा वितरण गर्दै यात्रु सचेतना अभियान सुरु गरिएको थियो ।
दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभुति गराउने, कोरोना विरुद्ध सचेतना र स्वास्थ्य प्रति सजक गराउन कार्यक्रमको आयोजना गरेको एसपी महर्जनले प्रष्ट पार्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्